काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो २ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगरमा बस्नेछ ।
बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पार्टीले अनुरोध गरेको छ ।
कार्यवाहक मुख्यसचिव दुलालले जारी गरेको सूचनामा बैठकको समय र स्थान उल्लेख गरिए पनि छलफल हुने विषयसूचीबारे भने विस्तृत जानकारी दिइएको छैन ।

.gif)


