काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध शानदार जित निकालेको छ । 

त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण पाँच–पाँच ओभरमा छोट्टाइएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले जित निकाल्न सकेन । विराटनगरसँग ३५ रनले पराजित भयो ।

सुदूरपश्चिमका लागि स्कट कुगलेनले आक्रामक ब्याटिङ गर्दै ६ बलमा २८ रन बनाए । उनले चार छक्का प्रहार गरे पनि टोलीलाई जिताउन सकेनन् ।

यस्तै, सैफ जैबले १० बलमा १७ र आरिफ शेखले आठ बलमा १७ रनको योगदान दिए ।

सुदूरपश्चिमको सुरुवात भने निकै खराब रह्यो । ओपनर शेरफेन रदरफोर्ड पहिलो बलमै खाता नखोली आउट भएपछि टोली दबाबमा परेको थियो ।

विराटनगरले पहिले ब्याटिङ गर्दै पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको थियो । उसका लागि शेहान जयासूर्याले ११ बलमा ३९, लोकेश बमले २५ र आन्द्रे रसेलले अविजित २९ रन बनाएका थिए ।