इलाम - चिकित्सा शिक्षा सुधारको माग राख्दै २५औँ सत्याग्रहमा बसेका प्रा.डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन् ।
अनशनको तेस्रो दिन स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई शनिबार इलाम अस्पताल भर्ना गरिएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। अमिताभ ठाकुरको नेतृत्वमा गएको टोलीले उनलाई अस्पताल पुर्याएको हो ।
सरकारले आफ्ना माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै डा. केसीले बिहीबार इलामस्थित नारायण मन्दिरमा सत्याग्रह सुरु गरेका थिए ।
उनले चिकित्सा शिक्षालाई व्यापारिक स्वार्थको साधन बनाउन नहुने भन्दै यसको गुणस्तर, निष्पक्ष नियमन र सार्वजनिक स्वास्थ्य संस्थाको प्रभावकारी सञ्चालनमा कुनै सम्झौता गर्न नसकिने बताएका छन् ।

.gif)


