काठमाडौं,भैरहवा - रुपन्देहीमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचाररत सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

असोज १२ गते कोेरोना संक्रमण पुष्टि भएपछि होम आईसोलेसनमा बसेका थिए । स्वास्थ्यमा थप समस्या देखिएपछि १४ गते अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो सँगै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा अस्पतालमा सात संक्रमितको मृत्यु भइसकेको छ ।