मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले सम्हाले कार्यभार
खबर एक्सप्रेस
२०८२-०७-२६ ०६:३६ मा प्रकाशित
Total Shares: 47
जनकपुर - मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेका छन् ।
कार्यभार सम्हाल्दै मधेस आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूलाई मधेस रत्न सम्मानबाट सम्मानित गर्ने निर्णय गरेका छन् ।
मुलुकमा सङ्घीयता ल्याउन मधेसका शहीदहरूको अतुलनीय योगदान रहेको भन्दै मुख्यमन्त्री यादवले उक्त निर्णय गरेका हुन् ।
यस्तै मुख्यमन्त्री यादवले पदभार ग्रहण गरिरहँदा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी लगायतका सांसदहरूले नाराबाजी गरिरहेका थिए ।
त्यस क्रममा मधेश भवन बाहिर राजनीतिक दलका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ ।
विरोधमा उत्रिएका दलका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज समेत गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस