इटहरी - सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा गाडी पूर्ण रूपमा जलेर ध्वस्त भएको छ। कारमा सवार पाँचै जना भने सकुशल रहेका छन्।
पाँच जना सवार टाटा इन्डिका कारमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगो तीव्र गतिमा फैलिँदा केही समयमै कार पूर्ण रूपमा जलेर नष्ट भएको हो।
गाडी खरानी बने पनि त्यसमा सवार पाँचै जनाले सकुशल बाहिर निस्कन सफल भएका छन्।

.gif)


