काठमाडौं - प्रहरी महानिरीक्षक (आईजीपी) बाट बर्खास्त भएका दानबहादुर कार्कीको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ ।
आफूलाई आईजीपी पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा कार्कीले रिट दायर गरेका थिए । यसअघि उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।
न्यायाधीशद्वय फुयाल र पाण्डेयको संयुक्त इजलासमा परेको उक्त मुद्दामाथि हुने सुनुवाइ गर्ने अपेक्षा गरिएको छ ।
कार्कीलाई सरकारले आईजीपी पदबाट हटाएर प्रधानमन्त्री कार्यालयमा रहने गरी बिशेष सुरक्षा सल्लाहकार बनाएको थियो ।

.gif)


