काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि सुरु हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन्।
यस सिजन पाँच खेल खेलेको सुदूरपश्चिमले तीन जित र दुई हारसहित ६ अंक जोडेको छ। अंकतालिकाको तेस्रो स्थानमा रहेको सुदूरपश्चिम आजको खेल जित्दै प्लेअफ यात्रालाई थप बलियो बनाउन चाहन्छ।
यता, जनकपुर बोल्ट्सका लागि पनि आजको खेल उत्तिकै महत्वपूर्ण छ। पाँच खेलबाट दुई जित र तीन हार व्यहोरेको जनकपुर ४ अंकसहित पाँचौँ स्थानमा छ। प्लेअफ सम्भावना कायम राख्न जनकपुरलाई आजको खेलमा जित आवश्यक छ।
अंकतालिकामा आफूभन्दा माथि रहेको सुदूरपश्चिमलाई हराउँदै जनकपुर अंक सुधार गर्ने योजनामा हुनेछ। यता सुदूरपश्चिम भने जनकपुरलाई रोक्दै शीर्ष टोलीसँगको दूरी घटाउने लक्ष्यमा छ।

.gif)


