काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनले हराएको हो ।
पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमा अलआउट भयो । पवन सर्राफले ३२, अरिफुल इस्लाम २४, दीपक डुम्रेले २२ तथा सोमपाल कामीले २१ रन जोडे ।
कर्णालीको इनिङ्स ध्वस्त पार्न पोखराका मेहदी हसनले तीन तथा धनन्जय लक्षण, विपिन खत्री र कुशल भुर्तेलले दुई–दुई विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर ब्याटिङ थालेको पोखराले २० ओभरमा ३ विकेटको क्षतिमा २१७ रन जोड्यो ।

.gif)



