रुकुम पश्चिम - रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
सोमबार बिहान आठबिसकोट नगरपालिका–५ स्थित थापागाउँबाट नयाँडाँडातर्फ जाँदै गरेको भे १ च ३११२ नम्बरको जिप दुर्घटनामा परेको थियो ।
जिप अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ भने केही सामान्य घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

.gif)


