टहरामाथि टिपर खस्दा मूलपानीमा २ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०३-१९ ११:५३ मा प्रकाशित
Total Shares: 234
काठमाडौैं - काठमाडौंको मूलपानीमा अस्थायी टहरामाथि टिपर खस्दा एक दम्पतीको मृत्यु भएको छ ।
बालुवा बोकेको बा ५ ख २५११ नम्बरको टिपर टहरामा खस्दा सुतिरहेका नुवाकोट घर भएका ५३ वर्षका सयरा तामाङ र उनकी श्रीमती जयन्ती तामाङको मृत्यु भएको हो । उनीहरुको घटनास्थलमै मृत्यु भएको छ । उनीहरुको शव शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।
हाल टिपर चालक गोविन्द घलानलाई पक्राउ गरेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस