पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश
खबर एक्सप्रेस
२०८२-०४-०२ ०८:४१ मा प्रकाशित
Total Shares: 17
काठमाडौं - नेपाल पर्यटन बोर्डका पूर्वसीईओ (प्रमुख कार्यकारी अधिकृत) डा. धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।
बिहीबार रास्वपाको पार्टी कार्यालय बालाजुस्थित घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन्। पार्टीका प्रवक्ता तथा सांसद मनीष झाले रेग्मीको प्रवेशको घोषणा गरेका थिए।
पर्यटन बोर्डको सीआईओ हुँदा विवादमा तानिएका रेग्मी निलम्बितसम्म भएका थिए ।
फेसबुक पेज Like गर्नुहोस