काठमाडौं - सम्पत्ति शुद्धीकरण, धितोपत्र कारोबार र बैंकिङ कसुरलगायतका अभियोगमा थुनामा रहेका दीपक भट्टको थुनासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघिका आदेश र मुद्दाको सक्कल मिसिल झिकाउने आदेश दिएको छ ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश नृपध्वज निरौलाको संयुक्त इजलासले भट्टको बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्ने सर्वोच्च अदालतको यसअघिको आदेश तथा काठमाडौं जिल्ला अदालतमा दायर धितोपत्र कारोबार कसुरसम्बन्धी मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको हो।
सर्वोच्चले गत वैशाख २३ गते भट्टको बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्ने संयुक्त इजलासको आदेश र जिल्ला अदालतको मुद्दाको सक्कल फाइल अध्ययन गरेर निष्कर्षमा पुग्न उपयुक्त हुने ठहर गरेको छ।
यसअघि सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले भट्टको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको थियो।
सोमबारको आदेशअनुसार काठमाडौं जिल्ला अदालतमा चलेको धितोपत्र कारोबार कसुरसम्बन्धी मुद्दाको सक्कल मिसिल सर्वोच्चको इजलाससमक्ष पेस गर्नुपर्नेछ।
इजलासमा देखाएपछि उक्त मिसिल फिर्ता लैजाने गरी पेस गर्न जिल्ला अदालतलाई भनिएको छ। हाल भट्ट सिन्धुपाल्चोक कारागारमा थुनामा छन्।

.gif)


