काठमाडौं - भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदी र भारतका जनतालाई धन्यवाद दिएका छन्।

सोमबार सामाजिक सञ्जालमा भ्रमणका तस्बिरहरू सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले मोदी र भारतीय जनतालाई धन्यवाद दिएका हुन्।

‘महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीज्यू र भारतका जनतालाई धन्यवाद,’ शाहले लेखेका छन्।

यसअघि भारतीय प्रधानमन्त्री मोदीले पनि शाहसँगको भेटका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्दै भेट सुखद रहेको बताएका थिए।

मोदीले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

दुईदिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय नेतृत्वसँग द्विपक्षीय सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल गरेका थिए।