आर्थिक वर्ष २०८३–८४ को बजेट आज सार्वजनिक हुने
खबर एक्सप्रेस
१८ घण्टा अगाडि
Total Shares: 86
काठमाडौं - अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालनासहित सुशासनलाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट आज सार्वजनिक गर्दै छ।
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा अपराह्न ४ बजे आगामी आवका लागि खर्च तथा व्ययको अनुमानसहितको विवरण अर्थात् बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
बजेटमार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आएका छन्। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थानविन्दु बनाएर आउने पाँच वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस