काठमाडौं - प्रधानमन्त्री बालेन शाह नुवाकोट पुगेका छन्। बाढी प्रभावित क्षेत्रको अनुगमन तथा निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोट पुगेका हुन्। बुधबार रसुवाको भोटेकोसी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा क्षति पुर्याउनासाथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका छन् ।
बाढी लगत्तै उनले उच्चस्तरीय बैठकहरू आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिनुका साथै निरन्तर सहजीकरण गर्दै आएका थिए ।

.gif)



