काठमाडौँ - रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, विभिन्न जिल्लामा १ सय ६२ वटा शव फेला परेका छन् । रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६, नवलपरासी पश्चिममा २ शव फेला परेको हो ।

यस्तै, बाढीमा परी घाइते ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, त्रिवि शिक्षण अस्पतालमा २० जना, त्रिशुली अस्पतालमा ९ जना, ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना, नर्भिक अस्पतालमा ३ जना, बिरेन्द्र सैनिक अस्पताला १ जना, ग्रिन सिटी अस्पतालमा १ जनाको उपचार जारी छ ।