मधेश प्रदेशका दुई सांसदले मुखमा कालो मोसो लगाउँदै गरे केन्द्रीकृत शासनको विरोध
खबर एक्सप्रेस
२०८२-०७-२३ ०४:२९ मा प्रकाशित
Total Shares: 111
काठमाडौं - मधेश प्रदेशका दुई सांसदले आफ्नै मुखमा कालो मोसो दलेका छन्। शनिबार प्रदेश सभामा माओवादी केन्द्रका सांसद (हाल नेपाली कम्युनिस्ट पार्टी) रहबर अन्सारी र माला कर्णले केन्द्रीकृत शासन पद्धति लागू गरेको भन्दै आफ्नो मुखमा कालो मोसो दलेका हुन्।
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनाले आज विश्वासको मत लिइरहेका छन्। रोष्टममा बोल्ने क्रममा रहबर अन्सारीले कालो मोसो दल्दै विश्वासको मत नदिने बताए।
माओवादी केन्द्र मदेश प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहप्रति असन्तुष्टि जनाउँदै आएका सांसद अन्सारीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने घोषणा गरे।

.gif)



फेसबुक पेज Like गर्नुहोस