मञ्जुश्री फाइनान्सले लाभांश नदिने
खबर एक्सप्रेस
२०७९-०९-०३ ०२:२८ मा प्रकाशित
Total Shares: 313
काठमाडौं-मञ्जुश्री फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । फाइनान्सको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात् फाइनान्सले आगामी साधारण सभा बोलाउनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस