काठमाडौं - नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको लिग चरणको २७ औं खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको दिएको छ। त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङको निर्णय लिएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको छ। 

कर्णाली याक्सका लागि मध्यक्रमका ब्याटर हुसैन तलातले ५१ रनको अविजित अर्धशतकीय पारी खेले। उनले ३३ बलमा २ चौका र ३ छक्का प्रहार गरे। ओपनर आरिफूल इस्लामले ३५ रन बनाए। उनले १५ बलमा ४ चौका र २ छक्का प्रहार गरे। कर्णाली याक्सले पहिलो विकेटको रुपमा सचिन शर्माको विकेट गुमायो। दोस्रो विकेटको रुपमा आरिफूल इस्लामको विकेट गयो।