काठमाडौं - कांग्रेस नेतृ आरजु राणा देउवा कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएकी छन् । 

नेपाली कांग्रेस कैलाली–५ का क्षेत्रीय सभापति भीम पडालका अनुसार सर्वसम्मत निर्णयबाट उनको नाम सिफारिस भएको हो । 

राणासँगै अन्य तीनजनाको पनि नाम सिफारिस भएको उनले जानकारी दिए ।

कैलालीका पूर्वसभापति नरनारायण शाह, नेता डिल्लीराज पन्त र धनगढीका पूर्वमेयर तथा केन्द्रीय सदस्य नृपबहादुर वड सिफारिस भएका छन् ।

यी चार नेताहरूको नाम केन्द्रमा पठाइएसँगै उम्मेदवार छनोट अब पार्टी केन्द्रीय समितिको हातमा पुगेको छ।