वीरगञ्ज - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् ।

नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर उनीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गाडी जाँचका क्रममा केही शंकास्पद वस्तु फेला परेको छ ।

बरामद सामग्रीको प्रकृति र उद्देश्यबारे यकिन गर्न प्राविधिक परीक्षण तथा विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।