सुन तोलामा ३७ सयले बढ्यो
खबर एक्सप्रेस
२०८२-१०-२० ११:३६ मा प्रकाशित
Total Shares: 36
काठमाडौं- नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ । तीन दिन निरन्तर घटिरहेको सुनको भाउ आज मंगलबार तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम छ ।
आइतबारको तुलनामा हिजो सोमबार सुन प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम थियो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला १ सय ३५ रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँ कायम छ । हिजो सोमबार चाँदी ५ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस