काठमाडौं - नेपाली कांग्रेसले एक उपसभापति र एक महामन्त्री थप्ने गरी पार्टीको विधान संशोधन गर्ने तयारी गरेको छ।
स्रोतका अनुसार मौजुदा विधान संशोधन गर्दै सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुने गरी एक उपसभापति र एक महामन्त्री थप्ने प्रस्ताव तयार गरिएको हो ।
हाल कांग्रेसमा दुई उपसभापति र दुई महामन्त्री रहने व्यवस्था छ। प्रस्तावित संशोधन पारित भए कांग्रेसमा तीन उपसभापति र तीन महामन्त्री हुनेछन्।
ती पदाधिकारीका अनुसार दुई उपसभापति र दुई महामन्त्री निर्वाचनबाट चयन हुनेछन् भने थप एक उपसभापति र एक महामन्त्री सभापतिको सिफारिसमा केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
विधान संशोधनको मस्यौदा कांग्रेसको महाधिवेशनको बन्द सत्रमा पेस गरी पारित गर्ने तयारी छ। विधान संशोधनका लागि महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिले उक्त मस्यौदा तयार गरेको हो।

.gif)

