काठमाडौं - पानीले भिजेको त्रिवि क्रिकेट मैदान सुपर सोपर रोलर प्रयोग गरेर सुकाउन थालिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपराह्न ५ बजे हुने सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीचको खेल सञ्चालन गर्न मैदानमा जमेको पानी हटाउने काम भइरहेको हो ।

सुपर सोपरले क्रिकेट मैदानमा जमेको पानी सोसेर मैदान छिटो सुकाउन मद्दत गर्छ । वर्षाका कारण प्रभावित मैदानलाई खेलयोग्य बनाउन आयोजकले उक्त उपकरण प्रयोग गरेको हो ।

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित गरिएको थियाे । बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एक-एक अङ्क बाँडेका थिए ।