काठमाडौं - पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप भएको विरोधमा नेपाल पत्रकार महासंघले शनिबार बिहान काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
शुक्रबार साँझ बसेको महासंघको केन्द्रीय समितिको आकस्मिक बैठकले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
प्रदर्शनमा महासंघका पदाधिकारी, पत्रकार तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूको सहभागिता रहेको छ। वर्षा भइरहे पनि महासंघको अगुवाइमा प्रदर्शन जारी छ।
शुक्रबार प्रहरीले नयाँ पत्रिकाको समाचार कक्षमा प्रवेश गर्नुअघि नै अन्य चार सञ्चारगृहमा पुगेर पत्रकारमाथि धरपकड तथा पक्राउ गरेको थियो।
सोही क्रममा नेपाल प्रेस डटकमका विश्वमणि सुवेदी, मोटिभेट न्युज डटकमका शोभराज बराल र डीएनए खबरका धीरज बस्नेत पक्राउ परेका थिए। प्रहरी दियोपोस्ट डटकमको कार्यालयमा समेत धरपकडका लागि पुगेको थियो।

.gif)


