रिक्सा चार्ज गर्ने क्रममा करेण्ट लाग्दा श्रीमान्-श्रीमतीको मृत्यु
खबर एक्सप्रेस
२०८२-०४-११ ११:०३ मा प्रकाशित
Total Shares: 101
राजविराज- सप्तरीको रूपनी गाउँपालिकामा करेण्ट लागेर एक दम्पतीको ज्यान गएको छ। रूपनी- २ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा ४५ वर्षीय बालेश्वर खंग मण्डल र श्रीमती ४२ वर्षीया रामकुमारी खंगको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईका अनुसार आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा बालेश्वरलाई करेण्ट लागेको थियो। उनलाई छुटाउन जाँदा रामकुमारीलाई समेत करेण्ट लाग्यो। उनीहरूको दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस