काठमाडौं - भारतबाट थप ६०० मेगावाट विद्युत् आपूर्ति हुने भएको छ । ऊर्जा मन्त्रालयका अनुसार भारतले थप ४ घण्टा विद्युत् दिने सहमति भएको हो ।

इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६०० मेगावाट विद्युत् दिने स्वीकृत भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

उक्त विद्युत् ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आउने छ ।

भारतले मध्यरातदेखि विहान ४ बजे, विहान ६ बजेदेखि साँझ ५ बजे र राति ११ बजेदेखि १२ बजेसम्म विद्युत् दिने सहमति जनाएको हो ।

नेपालमा सुख्खा याममा हुने विद्युत् समस्या समाधानका लागि सरकारले भारतसँग थप विद्युत् माग गरेको थियो ।