एमालेमा ७० वर्षे उमेरहद र २ कार्यकाल हटाउने प्रस्ताव
खबर एक्सप्रेस
२०८२-०४-०३ ०८:०५ मा प्रकाशित
Total Shares: 11
काठमाडौं - सत्तारूढ नेकपा एमालेले ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने भएको छ ।
बिहीबार केन्द्रीय कार्यालय च्यासलमा १० घण्टा बसेको सचिवालय बैठकले विधानमा रहेको ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पोलिट्ब्युरो र केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो ।
त्यस्तै, केन्द्रीय पदाधिकारी १५ सदस्यीय बनाइने सचिव योगेश भट्टराईले जानकारी दिए । केन्द्रीय कमिटीमा २५१ सदस्यीय हुने पनि भट्टराईले जानकारी दिए ।
एमाले बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीका विषयमा पनि छलफल भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस