काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाँदैछन् ।

कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औं दिनको पुण्यतिथिमा आयोजित शोकसभामा सहभागी हुन थापा स्याङ्जा जान लागेका हुन् ।

श्रेष्ठको राजनीतिक योगदान, लोकतान्त्रिक आन्दोलनमा उनले खेलेको भूमिका तथा पार्टी र स्याङ्जाको सामाजिक–राजनीतिक क्षेत्रमा पुर्‍याएको योगदानको स्मरणमा शोकसभा आयोजना गरिएको कांग्रेस स्याङ्जाले जनाएको छ । 

श्रेष्ठको गत साउन १२ गते जावलाखेलस्थित हेलिअस अस्पतालमा क्यान्सरको उपचारका क्रममा ८३ वर्षको उमेरमा निधन भएको थियो ।