काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ।
जसको प्रभावले देशको हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराईका केही भू–भाग, उपत्यका र खोलाका खोँचहरूमा बिहानीको समयमा हुस्सु तथा कुहिरो लागेको छ ।
त्यस्तै आज दिउँसो देशका हिमाली र पहाडी भू(भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ।
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने महाशाखाको भनाई छ ।

.gif)


