हितेन्द्रदेव शाक्यको रिट कुमार रेग्मीको इजलासमा
खबर एक्सप्रेस
२०७८-०५-०२ १०:३९ मा प्रकाशित
Total Shares: 192
काठमाडौं - विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको बिरुद्धमा परेको रिट उपर आज सुनुवाइ हुँदैछ ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक आफू नै रहेको दावी गर्दै कुलमानको नियुक्ति बदरको माग गर्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
शाक्यको मुद्दाको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।
कार्यकारी निर्देशक पदमा ‘थमौती गरि पाउँ’ भन्दै शाक्यले साउन ३२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
आफूले राजीनामा पनि नगरेको र पदबाट नहटाइएको अवस्थामा सरकारले गैरकानूनी रूपमा घिसिङलाई नियुक्त गरेर एउटै पदमा दुई व्यक्ति कायम गरेको शाक्यले उल्लेख गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस