कांग्रेसले बोलायो संसदीय दलको बैठक
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 7
काठमाडौं - नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
बिहीबार बिहान ११:३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ ।
साथै बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल हुनेछ ।
आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस