काठमाडौं - नेपालमा कोभिड संक्रमण अब नियन्त्रण नभए संक्रमण दर अझै बढ्नसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले संक्रमितको संख्या घटेको देखिए पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरे यो संख्या बढेर जाने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सरुवा रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले नेपालमा कोभिड संक्रमण चरम बिन्दुमा पुगेको तर समयमै परीक्षण नगर्ने हो भने यो संख्या घट्नुको साटो बढेर जाने बताइन् । 

नेपालमा अहिले ५० जिल्लामा संक्रमण व्यापक रहेको भन्दै उनले पोजेटिभिटी दर ४६.७ प्रतिशत रहेको बताइन् । जुन अघिल्लो लहरमा उच्च बिन्दुमा पुगेको समयभन्दा २१.७ प्रतिशतले बढी हो ।