एजेन्सी - १७औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) आजदेखि शुरू हुँदैछ ।

१० टिमले प्रतिस्पर्धा गर्ने आइपीएलको पहिलो खेलमा चेन्नई सुपर किंग्स र तीन रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुनेछ ।

पाँचपटकको च्याम्पियन चेन्नइ सुपर किङ्सलाई हालसम्म उपाधिविहीन रोयल च्यालेन्जर्स बैंग्लोरले चुनौती दिँदैछ ।

दुई टिमबीचको खेल शुक्रबार राति ८ः१५ देखि चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा शुरू हुनेछ । दुवै टिम जितका साथ प्रतियोगिताको सुरुवात गर्ने सोचमा छन् ।

सीएसकेले महेन्द्रसिंह धोनीको सट्टा टिमको कमान ऋतुराज गायकवाडलाई सुम्पिएको छ ।

नेपाली समयअनुसार आज राति सवा ८ बजे चेन्नइको एमए चिदम्बरम स्टेडियममा सुरु हुने खेलमा कप्तान भलै डुप्लेसी र गायकवाड हुनेछन् ।