काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।
चितवन राइनोज अंक तालिकाको चौथो स्थानमा रहेर प्लेअफमा पुगिसकेको छ भने कर्णाली याक्स अंक तालिकाको सातौं स्थानमा छ। यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स आमने सामने हुनेछन्। प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमान्डु अंक तालिकाको तेस्रो स्थानमा छ। पोखरा भने अंक तालिकाको पुछारमा छ।
आज हुने दुवै खेलले अंक तालिकाको समीकरण र तालिकामा कुन टिम कहाँ रहने भन्ने स्थानबारे टुंगो लगाउने छ।

.gif)



