काठमाडौं - वेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई संसदमा लगातार एकपछि अर्को झड्का लागेको छ। समय अगावै अक्टोबर १५ मा आमनिर्वाचन गराउने प्रधानमन्त्री जोन्सनको प्रस्ताव सांसदहरुले अस्वीकृत गरेका हुन्।

  हाउस अफ कमन्समा भएको मतदानमा निर्वाचनको पक्षमा दुई तिहाइ मत ल्याउन प्रधानमन्त्री जोन्सन असफल भए। मतदानका क्रममा निर्वाचनको पक्षमा २ सय ९८ मत खसेको थियो भने विपक्षमा ५६ मत परेको थियो ।

प्रस्ताव पारित गर्नका लागि सरकारलाई कुल ४ सय ३४ मत आवश्यक पथ्र्यो। २ सय ८८ सांसदले मतदानमा नै भाग नलिएको बीबीसीले जनाएको छ। बिना सम्झौता बेलायत युरोपबाट बाहिरिने मार्ग प्रशस्त गर्ने कानुन पारित गराउने प्रधानमन्त्री जोन्सनको प्रस्ताव पनि बहुमतले अस्वीकृत भएको थियो।

बेलायत युरोपियन युनियन ९इयू० बाट बाहिरिने हालको समय सीमा अक्टोबर ३१ हो। सो अवधिमा बिना सम्झौता नै भए पनि बेलायत इयुबाट अलग हुने सम्बन्धी कानुन बनाउनका लागि ल्याइएको विधेयकको पक्षमा ३०१ तथा विपक्षमा ३२८ मत परेको थियो।

संसदमा ल्याएको विधेयक असफल भएपछि प्रधानमन्त्री जोन्सनले आम चुनाव उत्तम विकल्प हुने भन्दै त्यसको प्रस्ताव गरेको बीबीसीले जनाएको छ।