काठमाडौं -  सरकारले एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाउने व्यवस्था गरेको छ । यातायात व्यवस्था विभागले काठमाडौँ उपत्यकाबाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने व्यवस्था गरेको हो । 

सरकारले यसअघि सोमबारदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाउने बताइसकेको छ । विभागका अनुसार सोमबारदेखि काठमाडौँ , ललितपुर र भक्तपुरभित्र गाडी ओहोर दोहार गर्न पाइने भए पनि काठमाडौँ बाहिरका सबै ठाउँमा भने एक जिल्लाबाट अर्को जिल्लामा जान पाइने छैन । 

यो नियम यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सबै यातायातका साधनमा यो नियम लागु हुनेछ । तर यो बेलामा पनि एम्बुलेन्स, पानी, औषधि, दूध लगायतका अत्यावश्यक सेवाका गाडी भने चल्न पाउने छन् । .