काठमाडौं – सुनील ग्रोबरलाई सलमान खानसँग फिल्म ‘भारत’मा काम गरेपछि निकै फाइदा पुगेको छ । उनको अभिनयलाई दर्शकले पनि रुचाए ।

हालै सुनीलले बताएका छन् कि भारतमा अभिनय गरेपछि उनको जीवनमा बदलाव आएको छ । यो फिल्मपछि सुनीलका महिला फ्यान पनि बढेका छन् । जसका कारण आफू खुसी भएको बताएका छन् । 

उनले भनेका छन्, ‘मलाई सबैले रुचाइदिनुभयो । तर, जब महिला या युवतीले तारिफ गर्नुहुन्छ, खुब विशेष लाग्छ । उनीहरू मलाई खुब सुन्दर देखिएको बताउँछन् ।’ उनले आफूलाई युवतीको तारिफको आदत भने नभएको बताए । सुनीलले ‘भारत’मा सलमान खानको मिल्ने साथीको भूमिका निभाएका छन् ।