नेपालमा थप २ हजार २९९ जनामा कोरोना पुष्टि, ३ हजार ४५१ संक्रमणमुक्त
खबर एक्सप्रेस
२०७८-०३-१८ ०४:४८ मा प्रकाशित
Total Shares: 236
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २२९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १३९१ र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख ४२ हजार ५३ र एन्टिजेनबाट ३६ हजार ७५५ जना पुगेको छ ।
यस्तै, आज थप ३४५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३ हजार ६०० जना पुगेको छ । निको हुनेको दर ९४ प्रतिशत छ ।
आज संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ९ हजार १७९ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस