आगामी निर्वाचनमा कांग्रेससँग सहकार्य हुन्छ, गठबन्धन निरन्तर जान्छ : अध्यक्ष दाहाल
काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी संघीय निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य हुने र हालको गठबन्धन निरन्तर जाने बताएका छन् ।
बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै दाहालले एमालेसँग भने सहकार्य सम्भव नभएको बताएका हुन्।
बैठकमा प्रचण्डले समाजवादी मोर्चा निर्माणमा भएको प्रयासबारे पनि जानकारी दिएका थिए । हालको गठबन्धन भित्रकै वापमन्थी दलहरूबीच मोर्चा बन्ने भए पनि पार्टी एकता संयोजन समितिबारे कुरा नटुंगिएको बताएका छन्।
पोलिटब्यूरो समितिका नाम र स्थायी समितिलाई पूर्णता दिनेबारे छलफल गर्न भोलि पनि बैठक बस्ने बताइएको छ ।
यसअघि बैठकमा पार्टी नेताहरूले पदाधिकारी सहित स्थायी समिति र पोलिटब्यूरो टुंगो लगाएर जानुपर्ने माग राखेका छन् । बैठकमा नेताहरूले आफ्नो धारणा राख्नेक्रममा पदाधिकारी सहित सम्पूर्ण कमिटी टुंगो लगाउन दवाव दिएका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस