ताप्लेजुङ - राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङ स्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।

चुनावी अभियानमा पूर्वी नेपालमा रहेका शाहले आज बिहान पाथीभरा माताको दर्शन गरेका हुन ।

उनीसँगै अभियानमा खटेका प्रतिनिधि पनि पाथीभरा पुगेका हुन् ।

झापा-५ मा उम्मेदवार बनेका बालेन अन्य जिल्लामा पनि आफ्ना उम्मेदवारका लागि भोट माग्दै छन् ।