काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्ने छन्।

५ खेलमध्ये २ मा जित र तीनमा हार बेहोरेको विराटनगर अंक तालिकाको छैटौं स्थानमा छ भने पोखरा अंक तालिकाको पुछारमा छ। पोखराले आफ्नो ५ खेल मध्ये एकमा मात्र जित निकालेको छ भने चार वटामा हार बेहोरेको छ।