एमसीसीको विरोधमा वामपन्थी दलद्वारा संसद् भवन घेराउ
खबर एक्सप्रेस
२०७८-१०-२६ ०३:४३ मा प्रकाशित
Total Shares: 269
काठमाडौं - अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेज गर्न माग गर्दै आधा दर्जन वामपन्थी दलले संयुक्त रूपमा संसद् भवन घेराउ गरेका छन्।
बुधबार मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी सम्झौताविरुद्ध माइतीघर मण्डलासहित देशभर विरोध प्रदर्शन गरेकाे हाे । उनीहरूले बानेश्वरस्थित संसद् भवन घेराउसमेत गरेका छन् । मंगलबार उनीहरूले देशभर कोणसभा गरेका थिए।
फेसबुक पेज Like गर्नुहोस