काठमाडौं - मकवानपुरको जुराखेतमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना भएको छ ।

मंगलबार बिहान भएको दुर्घटनामा परी मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका हुन् । एक जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ। घाइतेहरूलाई उपचारको लागि हेटौंडा अस्पतालमा पठाइएको प्रहरीले बताएकाे हाे।

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी गाउँपालिका-६ स्थित जुराखेतमा दुर्घटना भएको हो । गाडीमा मुख्य न्यायाधीश र उनका पारिवारिक सदस्यहरू रहेको प्रहरीले बताएकाे छ।