काठमाडौं - नेपाल आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास विक्री हुने बताएको छ ।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले एक सातापछि भरी सिलिन्डर ग्यास विक्री हुने बताएका हुन् । 

ग्यास आयातमा कुनै समस्या नरहेको जिकिर गर्दै उनले भने,'ग्यास आयातमा कुनै पनि समस्या छैन । उपभोक्ताले सञ्चिति बढाउँदा केही समस्या देखिएको छ । एक सातापछि  भरी सिलिन्डर बजारमा पठाउने योजनासहित निगम जुटेको छ ।'

निगमले फागुन २९ गतेदेखि आधा सिलिन्डर ग्यास विक्री गर्न निर्देशन दिएको थियो । हाल खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिति नगर्न पनि भट्टले उपभोक्तालाई आग्रह गरेका छन् । 

नेपालमा मासिक ४६ हजार मेट्रिक टन ग्यास खपत हुँदै आएकोमा उक्ति परिमाणमा ग्यास आयात भइरहेको निगमले जनाएको छ ।