काठमाडौं - चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको नाम सर्वसम्मति अनुमोदन भएको छ । सिंहदरबारमा सोमबार बसेको संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित राजदूत पाण्डेको नाम अनुमोदन गरेको हो ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि अधिकांश सार्वजनिक तथा मानिस भेला हुने कार्यक्रम रोकिए पनि संसदीय सुनुवाई विशेष समितिको बैठक बसेर प्रस्तावित राजदूतको नाम अनुमोदन भएको हो । समितिले अनुमोदन गरेका पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने छिन् ।
सरकारले लिलामणि पौडेललाई फिर्ता बोलाएर पूर्व परराष्ट्रमन्त्री समेत रहेका पाण्डेलाई चीनका लागि राजदूत बनाउन भन्दै संसदीय समितिमा नाम सिफारिस गरेको थियो ।

.gif)


