काठमाडौं - दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा आज दुई खेल हुँदैछन् ।

पहिलो खेलमा काठमाडौँ गोल्डेन वारियर्सले धनगढी ब्लुजसँग आमने सामने गर्दैछ भने दोस्रो खेलमा विराटनगर टाईटन्सले पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्दैछ ।पोखरा क्रिकेट रंगशालामा बिहान ९ बजे पहिलो खेल सुरु हुनेछ ।

पहिलो जितको खोजीमा रहेको काठमाडौँ छ भने धनगढी एकपछि अर्को खेलमा जित निकाल्न चाहन्छ ।विराटनगरलाई पहिलो खेलमा ५ रनले पराजित गर्दै धनगढी ब्लुजले प्रतियोगितामा सुखद सुरुवात गरेको थियो ।

त्यस्तै दिउँसो पौने १ बजे दोस्रो खेल हुनेछ । पोखरा दोस्रो जितको खोजीमा रहेको छ भने विराटनगर पहिलो जित निकाल्न चाहान्छ ।