काठमाडौं - मंगलबारसम्म कोरोनाभाइरस १ सय ६२ देशमा पुगिसकेको छ । अहिलेसम्म जम्मा १ लाख ८२ हजार ५ सय ४७ संक्रमित भेटिएका छन् । संसारमा ७ हजार १ सय ६४ जनाको मृत्यु भएको छ । जबकी ७९ हजार ८ सय ८१ संक्रमित स्वस्थ पनि भएका छन् ।

फिल्म ‘गेम अफ थ्रोन्स’ मार्फत् चर्चित भएका हलिउड स्टार क्रिस्टोफर हिजवू र अर्का एक स्टार इदरिस एल्बा पनि कोरोनाभाइरसबाट संक्रमित पाएका छन् । यी दुईले सोसल मिडियामा यसको जानकारी दिएका छन् ।

संक्रमणमा फ्रान्स सरकारले अब कडा नियम लागू गरेको छ । यहाँ सामाजिक समारोहपछि पारिवारिक आयोजनामा पनि रोक लगाइएको छ ।