काठमाडौं - सिंहदरबार प्रवेश गर्न खोजेका मिराज ढुंंगानासहितका जेनजीहरुलाई प्रहरीले दक्षिण गेटबाट हटाएको छ ।

मंगलबार ढुंगानासहित जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर, त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई त्यहाँबाट हटाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुले निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले उनीहरुलाई त्यहाँबाट हटाइएको हो ।

ढुंगानासहित केही जेनजीहरु हिजोदेखि नै प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन खोजिरहेका छन् ।

हिजो पनि प्रधानमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाउन जाने क्रममा प्रवेश नपाएपछि सिंहदरबारको दक्षिण गेटमा माग पत्र टाँसेर ढुंगाना नेतृत्वको जेनजी समूह बाहिरिएको थियो।